Saturday, April 23, 2016

गर्भावस्थामा गर्न हुने र नहुने १६ कुरा

Pregnant Woman


–    मानसिक तनाव नलिइकन काम गर्ने
–    धेरै यात्रा नगर्ने ।
–    लगातार कम्प्युटरमा काम नगर्ने ।
–    रेडिएसन आउने बस्तुवाट वच्ने जस्तै ः मोवाइल, एक्स रे आदि ।
–    लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीवेर हिँड्ने ।
–    खानपानमा ध्यान दिने ।
–   फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने ।
–    भोक नलागे पनि खाना खाने ।
–    पानी बढी पिउने ।
–    गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
–    बेला बेलामा चिकित्सकको सल्लाह लिने ।
–    अन्तिम महिनामा घरमै बस्ने ।
–    टाइट कपडा र हिल जुत्ता नलगाउने ।
–    चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्ने ।
–    हरियो सागसब्जी बढी खाने ।
–   सकारात्मक सोचाई राख्ने ।
–    पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने ।
–    यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
–    गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
–    मादक पदार्थ सेवन नगर्ने ।
–    धुमपान नगर्ने ।
–   एकैपटक धेरै खाना नखाने ।
–    चिल्लोपदार्थ नखाने ।
–   जङ्कफुड सेवन नगर्ने ।
–    थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
–   खाली पेट नबस्ने ।

Monday, February 22, 2016

के हो सामान्य यौन जीवन ?

Health News of Nepal

मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरक/फरक हुन्छ । यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा तथ्यांकले अधिकांश मानिसले यसलाई कसरी अनुभव गर्छ भनि निक्र्यौल गर्न ज्यादै कठिन हुन्छ ।  बीबीसी फ्युचरले यौन तरंगको पूर्ण आकारको तथ्यांकलाई विश्लेषण गरेको छ । हामीले वास्तवमा कति सेक्स चाहन्छौ भन्ने कुरालाई यस तथ्यांकमा समावेश गरिएको छ ।

भनिरहनु नपर्ला, धेरै चेतवानी र विरोधका बाबजुद यो तथ्यांक सार्वजनिक भएको हो । यौन स्वभावका सर्वेक्षणहरु प्राय भरपर्दो वा विश्वास गर्न लायक हुदैनन् । किनकी सेक्सलाई अझै पनि कतिपय समाजमा एउटा कलंकको रुपमा हेरिन्छ । सहभागीले सम्पूर्ण तथ्यलाई खुलासा नगरेका पनि हुन सक्छन् । यी तथ्यांक पूर्ण सत्य होइनन्, तर पनि २१औ शताब्दीमा यौन जीवनको सीमा इत्यादिलाई मनन गर्दा यसलाई सामान्य सूचांक वा संकेतको रुपमा लिन सकिन्छ ।

हामीले कति सेक्स चाहन्छौं ?

सेक्सुअल अनुकलनको तथ्यांकलाई तथ्यांकमा उतार्नु निश्चयन नै जटिल कार्य हो । समलिंगीको तथ्यांक फरक/फरक (१ देखि १५ प्रतिशत) हुन सक्छ । विभिन्न विषयले तथ्यांकमा फरक पार्छ । जस्तै तपाईले कसलाई सोध्नु भएको छ ? कसरी सोध्नु भएको छ ? आर्कषण, स्वाभाव र पहिचानलाई तपाईले परीक्षण गर्नु भएको छ वा छैन ? इत्यादि । तर पनि विश्वव्यापी गरिएको एक पछिल्लो सर्बेक्षणले केही मानिसमा कत्ति पनि यौन चाहना हुदैन (यसको अर्थ यो होइन की उनीहरु कहिल्यै पनि सम्बन्ध गाँसेनन् ) । अन्य सेक्सुअल ओरियन्टेसन सँगै सेक्सप्रति रुची नहुने मानिसहरुमा यौनका बारेमा तटस्थ आन्दोलन पनि सुरु भएको छ (१ प्रतिशतमा) । सर्बेक्षण अनुसार ० दशमलब ४ प्रतिशत पुरुष र ३ प्रतिशत महिला यौनप्रति तटस्थ छन् ।

कोसँग गर्छौं सेक्स

एउटा गलत धारण के हो भने प्राय हुने संयोगका सेक्समा केबल पहिलो पटक भेट गरेका मानिसहरुसँग मात्र हुने गरेको छ । वास्तवमा सेक्स धेरै अनौपचारिकताको अँधेरोमा हुन्छ । सन् २००९ को एक अमेरिकी सर्बेक्षण अनुसार अज्ञात एक रातको बसाई सापेक्षिक रुपमा दुर्लभ हुन्छ । अर्को शब्दमा भन्नु पर्दा जनसंख्याको ५० प्रतिशतका लागि यो निकै जटिल विषय हो । तथ्यांक अनुसार २ प्रतिशतले देह व्यापारीसँग, ९ प्रतिशतले अपरिच, १२ प्रतिशतले साथीसँग, २४ प्रतिशतले क्याजुअल पार्टनरसँग यौनसम्बन्ध राख्छन् ।

हामीले कत्तिको सेक्स गर्छौं ?

यो तथ्यांक अमेरिकाको ग्लोबल सेक्स सर्वेमा आधारित छ । सर्बेक्षणमा १८ वर्ष माथिका ५० हजार सहभागीलाई समावेश गरेको छ । उमेरको अन्तरसँगै यौन कार्यको आबृत्तिमा गिरावट आए पनि तपाईले अनुमान गरे जस्तो घटेको छैन । बृद्ध/बद्धा नागरिकहरुको यौन कार्यमाथि हालै गरिएको एक अनुसन्धान (औषतमा ७० वर्ष माथिका) मा ५० प्रतिशतले महिनामा दुई पटक र ११ प्रतिशतले हरेक साता आनन्दपूर्व यौन कार्य गर्ने गरेको उल्लेख छ । तथ्यांक अनुसार १८ प्रतिशतले गत वर्ष एक पटक पनि सेक्स गरेनन् । ८ प्रतिशले वर्षमा एक पटक, २८ प्रतिशतले महिनामा दुई पटक, ४० प्रतिशतले सातामा एकदेखि तीन पटक र ६ दशमलब ५ प्रतिशतले सातामा ४ पटक वा सो भन्दा बढी पटक  यौन सम्पर्क गर्ने गरेका छन् । (तथ्यांकः जर्नल अफ सेक्स मेडिसियन )

कति समयसम्म सेक्स जारी रहन्छ ?

समलिंगी स्त्रीले समलिंगी पुरुष वा अन्य विषमलिंगी जोडीको भन्दा कम सेक्स गरेको बताएको क्यानडा र अमेरिकाको अनलाईन सर्बेक्षणले देखाएको छ । (स्रोत क्यानेडेली जर्नल अफ ह्युमन सेक्सुआलीटि) । सर्बेक्षण अनुसार समलिंगी महिलाको यौन कार्यको समय ३० देखि ३५ मिनेट हुने गरेको छ । त्यस्तै महिला पुरुष जोडी र समलिंगी पुरुषको भने समान १५ मिनेट समय हुने गरेको छ । ८६ प्रतिशत महिला र ८० प्रतिशत पुरुषको भेजिनल सेक्स, बेलायतका ६७ प्रतिशत महिला र ८० प्रतिशत पुरुष ओरल सेक्स, बेलायतकै ३ दशमलब ५ प्रतिशत महिला ९ प्रतिशत पुरुष एनल सेक्स गर्ने सो अध्ययनले देखाएको छ ।

चरमआनन्दबारे हामीमध्ये कतिले गलत बताउछौं ?

चरमआनन्द वा उत्तेजनाबारे महिलाले मात्र झुट बोल्छन् भन्ने साझा धारणा छ । तर अमेरिकामा गरिएको यस पछिल्लो सर्बेक्षणले चरमउत्कर्षको बहाना पुरुषले पनि गर्ने गरेको देखाएको छ । आफू सेक्स गर्ने मुडमा नभएको तर पार्टनरको भावनलाई धोका नदिन पनि उनीहरुले यस्तो बहाना गर्ने गरेको अध्ययनमा देखिएको छ । आफूले बहाना गर्ने हुँदाहुदै पनि २० प्रतिशत पुरुषले आफ्ना महिलाले पनि यस्तै बहाना गरेको भ्रम पाल्छन् । स्रोत (जर्नल अफ सेक्स रिसर्च ) । अध्ययनमा ५० प्रतिशत महिलाले र २५ प्रतिशत पुरुषले चरमआनन्दको बहाना गरेको खुलासा भएको थियो ।